नियम ३
सजाय निर्धारणको पेशी व्यवस्थापन र सुनुवाई
(१) कुनै व्यक्ति कुनै कसूरमा अदालतबाट कसूरदार ठहर भई ऐनको दफा ९ बमोजिम सजाय निर्धारणको लागि छुट्टै सुनुवाई गर्नुपर्ने भएमा अदालतले सो प्रयोजनको लागि तीस दिनमा नबढ्ने_गरी पेशी तारिख तोक्नु पर्नेछ।
तर तत्काल प्रचलित कानूनबमोजिमको कार्यविधि अपनाई सुरु तहको अदालतबाट फैसला भईसकेको वा कुनै अदालतमा सजाय निर्धारणको लागि एक पटक छुट्टै सुनुवाई भईसकेको कसूरको कसूरदारलाई सोही: कसूरमा माथिल्लो तहको अदालतबाट सजाय निर्धारण गर्ने प्रयोजनका लागि छुट्टै सुनुवाई गर्नुपर्ने छैन।
(२) उपनियम (१) बमोजिम तोकिएको पेशीका दिनमा मुद्दाको कुनै पक्ष अदालतमा अनुपस्थित रहे पनि सजाय निर्धारण सम्बन्धी कारबाही गर्न बाधा पर्ने छैन ।
(३) उपनियम(१) बमोजिम तोकिएको पेशीका दिन कसूर ठहर गर्ने न्यायाधीश विदामा बसेको वा काजमा खटिएको वा अन्य विशेष कारणले अदालतमा उपस्थित नभएमा निज अदालतमा हाजिर हुन आउने मिति अन्जाम गरी सजाय निर्धारणको सुनुवाईको लागि अर्को पेशीको तारिख तोक्नु पर्नेछ।
(४) सजाय निर्धारण सम्बन्धी सुनुवाईको पेशीको तारिख तोक्दा सम्भव भएसम्म सम्बन्धित पक्ष र निजको कानून व्यवसायी समेतसँग परामर्श गरी अदालतको पेशी व्यवस्थापन र सम्बन्धित न्यायाधीशको कार्यबोझ समेतलाई विचार गरी तोक्नु पर्नेछ ।
(५) सजाय निर्धारणको सुनुवाईका लागि पेश भएका मुद्दाले पेशीमा प्राथमिकता पाउनेछ।
(६) सजाय निर्धारणको सुनुवाईका लागि पेशी तोकिएका मुद्दाहरुलाई अदालतको साप्ताहिक पेशी सूचीमा प्रकाशन गर्न अनिवार्य हुने छैन ।
(७) सजाय निर्धारणको लागि तोकिएको पेशी मुद्दाका पक्ष वा निजको कानून व्यवसायीले सामान्यतया स्थगन गर्न पाउने छैन।
(८) कुनै मुद्दामा एकभन्दा बढी प्रतिवादी कसूरदार ठहर भई सजाय निर्धारण गर्नु परेमा त्यस्ता सबै कसूरदारको हकमा एकै पटक सुनुवाई गरी सजाय निर्धारण गर्नु पर्नेछ।
(९) सजाय निर्धारण सम्बन्धी आफ्नो कुनै जिकिर रहेमा वादी वा कसूरदार वा निजको कानून व्यवसायीले सजाय निर्धारणको सुनुवाई हुनु पूर्व त्यस्तो जिकिर लिखित रुपमा अदालतमा पेश गर्न सक्नेछ ।
(१०) मुद्दाको सजाय निर्धारणको निर्णय अनुसूची -१ बमोजिमको छुट्टै राय किताबमा लेख्नु पर्नेछ ।
(११) ऐन बमोजिम छुट्टै सुनुवाई गरी सजाय निर्धारण गर्नुपर्ने मुद्दाको लगत सजाय निर्धारण भएपछि मात्र कट्टा गर्नु पर्नेछ ।
(१२) कुनै मुद्दामा कसूर ठहर गरी छुट्टै सजाय निर्धारण सम्बन्धी सुनुवाई गरेकोमा फैसलाको पूर्ण पाठ तयार गर्दा कसूर ठहर र सजाय निर्धारणको निर्णय नम्बर उल्लेख गरी फैसलाको ठहर खण्डमा कसूर ठहरको निर्णय बेहोरा र कसूरदारलाई निर्धारण भएको सजायको निर्णय बेहोरा लेखी क्रमशः कसूर ठहर भएको, सजाय निर्धारण भएको र फैसला प्रमाणीकरण भएको मिति जनाई न्यायाधीशले दस्तखत गर्नु पर्नेछ ।